राजस्थानमा रेखालाई बेष्ट म्युजिक डाइरेक्टर अवार्ड

काठमाडौं,
कार्तिक १६ ।

गायिका तथा सङ्गीतकार रेखा पौडेललाई बेष्ट म्युजिक डाइरेक्टर अवार्ड प्रदान गरिएको छ । भारत राजस्थान निमोडाको चित्थोरगढमा भएको एक कार्यक्रममा उनलाई अवार्ड प्रदान गरिएको हो ।

पौडेललाई डाक्टर शोखिम वर्माले अवार्ड प्रदान गरेका थिए । इन्टरनेशनल फेसबुक फ्रेण्डशीप अवार्ड अन्र्तगत पौडेलाई म्युजिक डाइरेक्टर बिधामा अवार्ड प्रदान गरिएको हो । पौडेललाई पोलोटिक टाइम्स इन्डियाले अवार्ड प्रदान गरेको हो ।

एक सय भन्दा बढी गीतहरुमा सङ्गीत दिएकी रेखा राम्रो स्वरको धनी समेत रहेकी छन् । उनको स्वर र सङ्गीतमा रहेका धेरै गीत लोकप्रिय रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार