देउसी भैलीबाट सङ्कलित रकम मुगुका घाईते बालकलाई सहयोग

नन्द ऋषी जैसी
काठमाडौं,
कार्तिक १६ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले देउसी–भैली खेलेर सङ्कलन गरेको रकम बिद्युतको तारमा परेर गम्भीर घाईते मुगुका बालकलाई हस्तान्तरण गरेको छ ।

नेविसंघ मुगुका नेता धर्मराज शाहीको अगुवाइमा नेविसंघले देउसी र भैलीबाट सङ्कलन भएको रकम बिहीबार कीर्तिपुर अस्पतालमा गएर हस्तान्तरण गरेको हो ।

गत कार्तिक ७ गते मुगुको ताल्चामा विद्युतको तारमा करेन्ट लागेर घाइते भएका कार्कीबाडा निवासी १३ बर्षिय बालक निखिलकुमार बुढालाई नेविसंघले रु ३०,२०० तीस हजार दुई सय आर्थिक सहयोग गरेको नेता शाहीले बताए ।

उक्त अवसरमा नेविसंघ नेतृ प्रमिला राना मगरले नेपाल विद्युत प्रधिकरणले घाइते बालकलाईं उपचार र क्षतीपुर्ति नदिए कडा कदम चाल्ने बताइन । उपस्थित नेविसंघका नेताहरुले मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि सहयोग गरेको बताए ।

सहयोग गर्ने नेविसंघका निबर्तमान केन्द्रिय कोषाध्यक्ष शिव रिमाल, नेविसंघ केन्दिय सदस्य पुनम लामा, नेविसंघ केन्द्रिय सदस्यहरु प्रेमिका राना मगर, अर्जुन बम, शुसील तिमिल्सिना, एलिजा ढकाल, सुमन बुढामगर, श्यामचन्द्र अधिकारी, भुवन भट्ट, शुसील घोडाशैनी, कविराज शाहीलगायत रहेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार