देशभर सामान्यतया बदली रहने

काठमाडौं,
कार्तिक १२ ।

आजको मौसम सामान्यतया बदली रहने छ । देशभर आजको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

अरब सागरको उत्तरपूर्वि भागमा ‘क्यार’ नामाकरण गरिएको चक्रवात अवस्थित छ र यो उत्तर–पश्चिमी दिशा तर्फ (ओमन तर्फ) बढिरहेको तर यस प्रणालीको खासै ठूलो प्रभाव नेपालमा नपरेको महाशाखाले जनाएको छ।

यसका साथै बंगलादेश तथा भारतको पश्चिम बंगाल आसपासका क्षेत्रमा न्यून चापीय प्रणाली रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार