काठमाडौं,
कार्तिक ९ ।
रजिता लामिछानेको स्वरमा रहेको गीत ‘परलै मन पर्यो…’ सार्वजनिक भएको छ । एक्का कम्पनीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा शव्द, सङ्गीत राज कुमारको, एरेञ्ज संजय हमालको रहको छ भने गीतको गिटारिष्टमा संजीव वराईली, रेकर्डिष्टमा अजय सिंह कार्की, मिक्सिङमा चन्द्र चौधरीको रहेका छन । यो रजिताको पहिलो गीत हो ।
प्रायः चलेका कलाकारहरुले गाएका र चलेका कलाकारहरुले खेलेका अनि लाखौ रकम बुष्ट गरेर प्रमोसन गरिएका गीतहरु मात्र स्रोता दर्शकले हेरि र सुनिदिनाले नयाँ कलाकारहरुले निकालेका राम्रा गीतहरुले पनि भनेजस्तो सफलता नपाईरहेको हुदाँ नयाँ कलाकारहरुलाई पनि सपोर्ट गरिदिनुहुन र गीत सङ्गीत हेरिदिनु सुनिदिनुहुन रजिता आग्रह गर्दछिन् ।






