काठमाडौं,
कार्तिक ८ ।
रुद्रसेन बिश्वकर्माको स्वरमा रहेको तिहार गीत ‘आयो है तिहार…’ सार्वजनिक भएको छ । रुद्रसेनकै शब्द तथा सङ्गीत र मनोहर सुनामको एरेञ्ज रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । राजन कार्कीले सम्पादन गरेको भिडियोलाई निर कुमारी विश्वकर्मा (सबिना)ले निर्माण गरेकी हुन् ।
दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिइसकेका भर्सटायल गायक रुद्रसेन विश्वकर्माको स्वरमा तिहारको शुभकामना तथा आशिष सहितको तिहार गीत बुढासुब्बा म्युजिक च्यानल मार्फत गीतलाई सार्बजनिक गरिएको हो ।






