काठमाडौं,
कार्तिक ८ ।
नेपालीहरुको दोस्रो महान् चाड दीपावली नजिकिदै गर्दा देउसी भैलो गीत भिडियो सार्बजनिक भइरहेका छन् । यसै मेसोमा मिना एनपी र अर्जुन घिमिरेको स्वरमा रहेको देउसी भैलो गीतको भिडियो सार्बजनिक भएको छ ।
तिहार लक्षित गर्दै सार्बजनिक गीतमा नरेश भुर्तेलको सङ्गीत र देबदत्त भट्टको शब्द रचना रहेको छ । राज कुमार श्रेष्ठको निर्देशन रहेको भिडियोमा देबिन राई र अमृत कुँवरको छायाँकन, युगराज खड्का र सिसिर चौधरीको सम्पादन रहेको छ ।
गोरन चौधरीले कोरियोग्राफी रहेको भिडियोमा गोरन चौधरी, निमृति तामाङ, खड्गप्रसाद अधिकारी, तुलषा थापा, रोशन एनपी सम्बृद्धी पौडेल, लक्ष्मन दाहालको अभिनय रहेको छ ।






