नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज शिलान्यास हुँदै

काठमाडौं,
कार्तिक ४ ।

राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । सडक विभागकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न चन्द्रागिरि नगरपालिका-१ टोटेपाखामा सुरुङमार्ग शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधि लगायतको सहभागिता रहनेछ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियत ऋण सहयोगमा सो सुरुङमार्गको निर्माण हुन लागेको हो ।

करिब २२ अर्ब रुपियाँको लगानीमा निर्माण हुन लागेको सो सुरुङमार्गमा जाइकाले १६ अर्ब रुपियाँ सहयोग गर्नेछ भने छ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्ने छ । प्रवेश मार्गसहित ५.५६ किमीको सुरुङ मार्ग निर्माण हुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार