भक्तपुर,
कार्तिक ४ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको अभिमतलाई सधैँ आत्मसात गरेर आफ्नो पार्टी राष्ट्रिय शक्तिका रुपमा उदाउने बताएका छन् ।
राप्रपा मध्यपुर नगर कार्य समितिले आइतबार आयोजना गरेको पार्टीका संस्थापक सदस्य लक्ष्मीभक्त लाखेको ४५औँ स्मृतिसभामा उनले जनताको अभिमतलाई लत्याएर अघि बढ्न नहुने बताए ।
‘जनताले राप्रपालाई राष्ट्रिय शक्तिका रुपमा देख्न चाहेका छन्’, उनले भने, ‘संविधानको परिधिभित्रै रहेर राप्रपालाई देशभर स्थापित गराउँछौँ ।’
राप्रपाले बोकेको नीति र सिद्धान्त नेपाली जनतामाझ लोकप्रिय भएकाले अहिलेकै संविधानलाई स्वीकार गरी जनतामाझ जाने अध्यक्ष थापाको भनाइ थियो ।






