काठमाडौं,
कार्तिक १ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । काठमाडौंमा जारी नवौं महाधिवेशनमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा पन्तले आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गरेका हुन् । यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।
बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो ।
आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।






