पारस खड्काले दिए कप्तानीबाट राजीनामा

काठमाडौं,
असोज २८ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा दिएका छन् । मंगलबार उनले कप्तानबाट राजीनामा दिएका हुन् । उनले सामाजिक सञ्जालमा कप्तानीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

२००९ मा नेपाली टिमको कप्तान बनेका पारसले १० वर्ष नेपाली क्रिकेटको नेतृत्व गर्दा नेपाललाई डिभिजन फाइभबाट ओडिआई स्टाटससम्म पुर्याए भने २०१४ मा टि ट्वान्टी विश्व कपमा पनि सहभागिता गराए ।

पारसले राजीनामा दिँदै अब नयाँ क्यानसँग नयाँ टिम स्प्रिरिटमा काम गर्नुपर्ने बताएका छन् । उनले आईसीसीले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेकोमा बधाइसमेत दिएका छन् । आईसीसीले सोमबारमात्र निलम्बन फुकुवा गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार