काठमाडौं,
असोज २८ ।
गैर आवासीय नेपाली विश्व सम्मेलन तथा गैर आवासीय नेपाली सङ्घ एनआरएनएको अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । सङ्घले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ९ औ विश्व सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
सम्मेलनमा ८१ मुलुकका गैर आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागी समेत गरि २ हाजर ५ सय बढीको सहभागीता रहने सङ्घले जनाएको छ ।
सम्मेलनले सङ्घको नयाँ नेतृत्व पनि चयन गर्दैछ । ‘म, मेरो एन आर एन ए र मेरो नेपाल’ भन्ने मूल विषयमा आधारित भएर हुन लागेको सम्मेलन आज दिउँसो राष्ट्रिपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्दैछन् भने सम्मेलनको समापन कार्यक्रममा भने प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम रहेको छ ।
सङ्घको नयाँ नेतृत्वका लागि बर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्यले आ–आफ्नो प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।






