काठमाडौं,
असोज १६ ।
अशोक शुब्बा र दुर्गा साउदको स्वर रहेको गीत ‘बिन्दास पाराले…’ सार्वजनिक भएको छ । आशिष राईको शब्द/सङ्गीत र जीवन बावुको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
आशिक राईको निर्देशन, अशोक बसेलको कोरियोग्राफर रहेको गीतको भिडियोमा अशोक र मोनिका लामालाई फिचरिङ गरिएको छ ।
विक्रम कार्कीले छायाँकन गरेको भिडियोलाई अशोकले नै सम्पादन गरेका छन् भने युनिक डी थ्री क्रियुको नृत्य रहेको छ ।






