काठमाडौं,
असोज १२ ।
पूर्ण लिम्बुको स्वरमा रहेको गीत ‘लालुपाते’ लिएर आएका छन् । प्रायः समाजको घटना क्रमलाई आफ्नो गीतको माध्यमबाट जागरण गर्ने उनको ‘लालुपाते’ पनि यस्तै समाजको घटनासँग प्रभावित रहेको छ । प्रेमकृष्ण बजगाईं र पूर्ण लिम्बुको शब्दमा तयार भएको गीतमा प्रेमकृष्ण बजगाईंकै सङ्गीत र सिलाबहादुर मोक्तानको एरेन्ज रहेको छ । प्रकाश खरेलले रेकर्ड गरेको गीतको भिडियोमा पूर्णले अभिनय गरेका छन् ।
नेपाली चलचित्र क्षेत्रको चर्चित निर्देशक मिलन चाम्सले भिडियोको निर्देशन गरेका हुन् । उनको निर्देशनमा गीतको भिडियोमा पूर्ण लिम्बु, विल्सन बिक्रम राई ‘तक्मे बुढा’, श्याम राई, क्षितिज सुबेदी, शिव राज आचार्य र सरिता राजोपाध्यायलगायतको अभिनय रहेको छ । उत्सब दाहालको छायाँकन रहेको भिडियोलाई सम्पादन गर्ने काम सन्देश शाहले गरेका हुन् ।






