काठमाडौं,
असोज ११ ।
बसन्त थापा र सपना थापाको स्वरमा रहेको गीत ‘देवीलाई रातो धजा छ…’ सार्वजनिक भएको छ । बिजया दशमीको पुर्व सन्ध्यामा ‘देवीलाई रातो धजा छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
सार्बजनिक गीतमा एक नारायण भण्डारीको शब्द तथा सङ्गीत रहेको छ । सुनिल क्षेत्रिले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन र बिकाश ज्ञवालीले सम्पादन गरेका गरेका छन् । भिडियोमा सुनिल क्षेत्रि र माला लिम्बु फिचर्ड छन् ।






