शेखर लामाको ‘सोल्मरी…’ (भिडियोसहित)

काठमाडौं,
असोज ४ ।

शेखर लामाको स्वरमा रहेको गीत ‘सोल्मरी…’ सार्वजनिक भएको छ । जनक थोकरको शब्द, धन दोङ तामाङको सङ्गीत र बालकृष्ण स्वेयचार्यको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

नवीन बाबु गुरुङले निर्देशन र नवीनकै छायाँकन रहेकोे तामाङ सेलोमा आधारित यो पप गीतमा गुरुङ चलचित्रका नायक आनन्द गुरुङ र मोडेल हिस्सी साम्तेन लामाले अभिनय गरेका छन् ।

भिडियोमा जस्मिन मगरको नृत्य निर्देशन रहेको छ भने बिकाश धमलाको सम्पादन रहेको छ । सप्तक सङ्गीतको युट्युब च्यानलबाट सार्वजनिक यस गीतको अडियो मिक्सीङ मास्टरिङ मिन बिष्टले गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार