काठमाडौं,
असोज ४ ।
रवि सुवेदीको स्वरमा रहेको गीत ‘आकाशमा देखिने जुन…’ सार्वजनिक भएको छ । नबराज कार्कीको शब्द र बादल लिम्बुको सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजिनक भएको हो ।
कृष्ण पौडेलले निर्देशन र युवराज खत्रीको छायाँकन रहेको गीतको भिडियोमा आयुष्मा कार्की र रवी सुवेदीलाई फिचरिङ गरिएको छ ।






