हवाई इन्धन र एलपी ग्याँसको मूल्य घट्यो

काठमाडौं,
असोज ४ ।

नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्याँसको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्याँसमा प्रतिसिलिन्डर २५ घटाएको हो ।

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्याँसको मूल्य प्रतिसिलिन्डर एक हजार ३५० कायम भएको छ । अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्याँसमा प्रतिसिलिन्डर १३५० रुपैयाँ तिर्नु पर्नेछ ।

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । निगमले भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन सुरु गरेकै दिन डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार