काठमाडौं,
असोज ३ ।
प्रविन तामाङ वाइबा र्याप म्युजिकका पारखी हुन् । यिनै प्रतिभाले आफ्नो पहिलो र्याप गीत ‘तामाङको जात’ ल्याएका छन् । प्रविनको ‘तामाङको जात’लाई एमएमएस इन्टरटेनमेन्टले शुक्रबार सार्वजनिक गरेको हो ।
सार्वजनिक ‘तामाङको जात’मा प्रविनकै शब्द र सङ्गीत रहेको छ । सञ्चारकर्मी प्रशन्न रिमालले निर्देशन गरेको यस भिडियोमा प्रविनसँगै आर्डेन र इलिक फिचरिङ छन् । आर्डेन र इलिक पनि र्यापर नै हुन् ।
https://www.youtube.com/watch?v=KoZjUwRMRLo
‘तामाङको जात…’लाई सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने भने छायाँकन डम्बर राईले गरेका छन् । हाल डिल्लीबजारस्थित राईजिङ एकेडेमीमा कक्षा ८ मा अध्ययनरत र्यापर प्रविनले भने, ‘यो मेरो पहिलो प्रयास हो । पक्कै दर्शकले रुचाउँनेछन् ।’उनले आगामी दिनमा दर्शक तथा स्रोताको चाहनाअनुसार गाउँदै जाने बताए ।






