‘मखमली चोली २’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भाद्र २१ ।

अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘दील चोर्ने माकुरी’ अर्थात् मखमली चोली २ बोलको गीत सार्वजनिक गरिएको हो ।

‘दील चोर्ने माकुरी…’ बोलको गीतमा राजन खतिवडाको सङ्गीत रहेको छ । गीतमा सुमन केसी र मेलिना राईले स्वर दिएका छन् ।

शान थापाको निर्देशनमा बनेको यस गीतको भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन् । निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पल र एलिशाको केमेष्ट्रि निकै सुहाएको देखिन्छ ।

राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोमा सुरेश काफ्लेले ड्रेन उडाएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार