एपिक नेपाल म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुला

काठमाडौं,
भाद्र १८ ।

एपिक नेपाल म्युजिक अवार्डको लागि आवेदन खुला गरिएको छ । एपिक नेपाल म्युजिकको आयोजनामा हुने एपिक नेपाल म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको हो । आउँदो मंसिर दोस्रोत साता काठमाडौंमा हुने अवार्ड कार्यक्रमका लागि आवेदन खुला गरिएको छ ।

‘कला र गला संरक्षण हाम्रो अभियान, अग्रजलाई सम्मान नवलाई प्रोत्साहन’ मुल नारा रहेको अवार्डमा नेपाली लोक गीत सङ्गीतको क्षेत्रमा सक्रिय एवम् नयाँ सङ्गीतकर्मीलाई विभिन्‍न अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

२०७५ साल जेठ १ गते देखि २०७६ असार मसान्तसम्ममा सार्वजनिक भएका नेपाली लोकदोहोरी, आधुनिक, पप, लोकपप साथै काठे र देउडा गीतले सहभागिता जनाउन पाउने एपिक नेपाल म्युजिकका अध्यक्ष अमन श्रेष्ठले जानकारी दिए ।

अवार्ड वितरण समारोहमा गीत सङ्गीतको क्षेत्रका योगदान पुर्‍याएका एकलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड र नेपाली गीत संगीतको क्षेत्रमा कलम चलाउने एक पत्रकारलाई एपिक कला पत्रकारिता पुरस्कारबाट सम्मान गरिने समेत जानकारी दिइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार