हरिप्रसाद शर्माको तेस्रो एकल चित्रकला प्रदर्शनी हुँदै

काठमाडौं,
भाद्र १७ ।

कलाकार हरिप्रसाद शर्माको तेस्रो एकल चित्रकला प्रदर्शनी हुने भएको छ । कला, सम्पदा, संस्कृति, शहर र जनजीवनका ऐतिहासिक विषयमा चित्रकला बनाउँदै आउनुभएका ८२ वर्षीय शर्माको तेस्रो एकल चित्रकला प्रदर्शनी हुने भएको हो ।

इतिहास र सम्पदा क्षेत्रको अध्ययनपछि क्यानभासका सोही विषयलाई प्रस्तुत गर्दै आउनुभएका कलाकार भदौ २० गतेदेखि नेपाल कला परिषद्मा प्रदर्शनी हुँदैछ ।

काठमाडौंको प्राचिन र मध्यकालीन इतिहासलाई खासगरी क्यानभासमा प्रस्तुत गर्दै आउनुभएको भन्नुभयो, ‘इतिहासको गर्भमा रहेका पात्र, पर्व, संस्कृति, सहरी जनजीवनलाई कलाको माध्यममा प्रस्तुत गर्दै आएको छु । मेरा सिर्जना बेच्न होइन, देखाउन चाहन्छु ।’

कलाकार शर्मा चित्रकला कर्मलाई व्यापारभन्दा पनि सिर्जना धर्मका रुपमा लिनुहुन्छ । उहाँले भन्नुभयो, ‘म कृति बेच्न होइन, बनाउन मन पराउँछु । इतिहासका घटना, परिवेश, पात्र, जनजीवन र संस्कृतिलाई चित्रमा जिवन्त बनाउन चाहन्छु ।’

आफ्ना सिर्जनाका रुपमा रहेका चित्रकलालाई राधाकुटी कला ग्यालरीमा सजाएर राख्ने योजना उहाँको छ । घरको दोस्रो तलालाई ग्यालरीको रुपमा विकास गरिरहनुभएका कलाकार शर्माले ‘आप्mनो चित्र हरेर सर्वसाधारणको मुहारमा देखिने खुशी र सन्तुष्टिको भाव नै मेरो सम्पत्ति हो’ भन्नुभयो ।

बुढ्यौलीले गाँज्दै लगेको उमेरमा चित्रकला कर्मप्रतिको लगावमा छोराबुहारीको साथ सहयोगले ऊर्जा मिलेको कलाकार शर्माले बताउनुभयो । विषयवस्तु छनोट, ऐतिहासिक सन्दर्भ सामग्रीको खोजी र घण्टौंसम्म मोडलको रुपमा हाउभाउ प्रदर्शन गर्दै बसिदिने छोराबुहारीको सहयोगप्रति अनुग्रहित कलाकार शर्माले भन्नुभयो, ‘मेरा चित्रका पहिलो समीक्षक छोराबुहारी नै हुन् । उनीहरुको सहयोग र प्रेरणाले नै यो बुढ्यौली उमेरमा हात कमाउँदै ब्रस उचाल्दै छु ।’

यसमा तपाइको मत

अन्य समाचार