रनवे ड्रिम्सका प्रतियोगी छनौट गरिदै

काठमाडौं,
भाद्र १६ ।

प्रशिक्षित एवम् दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यसायिक करियर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ‘ड्रिम्स इन्टिच्युट अफ मोडलिङ एण्ड फेसन’ आयोजक रहेको प्रतियोगिता ‘रनवे ड्रिम्स २०१९’का लागि ३० प्रतियोगी छनौट भएका छन् ।

कुपन्डोलस्थित ड्रिम्स इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनको कार्यालयमा आयोजित अडिसनमा एक सय बढी युवायुवतीले सहभागीता जनाएका थिए । जसमध्य ३० जना छनौट हुन सफल भएको आयोजकले जनाएको छ ।

दुर्गा बिसुराल (मिस हेरिटेज इन्टरनेशनल २०१९), अलिना शाक्य (मिसेस टपअफ दि वल्ड), धु्रर्व बुढाथोकी म्यान हन्ट, पुनम श्रेष्ठ (सिनियस ब्युटिसियन) आशुतोष बन्जार (इन्जिनियर तथा मोडल) अडिसनमा निर्णायक रहेका थिए ।

रनवे ड्रिम्स एउटा पुर्ण मोडलिङ प्रतिस्पर्धा भएको ड्रिम्स इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनकी सिइयो मन्जु ढकालले बताइन् ।

प्रतियोगिताको अर्काे अडिसन आगामी २४ आयोजना हुनेछ । दुबै अडिसनमा छानिएका प्रतियोगिले मात्र अन्तिम स्पर्धामा सहभागीता जनाउन पाउनेछन् ।

प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा एक महिने प्रशिक्षण सहित उतारिनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण दिने ढकालको भनाई रहेको छ ।

प्रतियोगिताको दोस्रो अडिसनमा सहभागी जनाउन इच्छुक ब्यक्तिले ड्रिम्स इन्टिच्युट अफ मोडलिङ एण्ड फेसन कुपन्डोलबाट आवेदन फर्म भर्न वा फोन नं ०१५५५२८६६, मोवाइल नं ९८६६३३१९४० सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका बिजेताले बिभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका सहभागीताको मोडलिङ र फेसनका लागि नगद एक लाख बराबरको अध्यायन सुबिधा पाउने अयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार