काठमाडौं,
भाद्र १६ ।
गायक पवन गिरीको गीत ‘मलाई एक छिन देउ’ सार्वजनिक भएको छ । नेपाल आइडल सिजन २ बाट चर्चा कमाउन सफल प्रतिस्पर्धी तथा निर्णयक सदस्य इन्दिरा जोशीद्वारा ‘पिपिपि’को उपनाम पाएका गिरीको पहिलो गीत ‘मलाई एक छिन देउ’को भिडियो सार्वजनिक भएको हो ।
नेपाल आईडलकै निर्णायक सदस्य सङ्गीतकार न्ह्यू बज्राचार्यको कम्पोज रहेको यस गीतमा दुर्गालाल श्रेष्ठको शब्द रचना रहेको छ भने गीतमा गायक पवन गिरीको एकल गायन रहेको छ । यस गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका छन ।
लोकेश बज्राचार्यको निर्देशन/सम्पादन र शिवराम श्रेष्ठको छायाँकन रहेको गीतको भिडियोमा पवन र कवितालाई फिचर्ड गरिएको छ ।






