काठमाडौं,
भाद्र ७ ।
सेवा फिल्मस् प्रा.लि.को ब्यानर वीरबहादुर तामाङको निर्माण तथा बाबु जिम्बाले निर्देशन गरेको तामाङ भाषाको कथानक चलचित्र ‘तिल्दा’ शुक्रबारका चलचित्र ट्रेलर सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष विकुबहादुर तामाङ (विकु थोकर) को उपस्थिति रहेको थियो भने कार्यक्रममा सो चलचित्रमा अभिनय गर्ने र प्राविधिक सहयोग गर्ने चलचित्रकर्मीलाई सम्मान समेत गरिएको थियो ।






