काठमाडौं,
भाद्र ५ ।
सुरज पौडेलको स्वरमा रहेको गीत ‘सान्नानी…’ सार्वजनिक भएको छ । उनको पहिलो एकल एल्बम ‘मनको खुसी ‘ को ५औ गीत ‘सान्नानी…’को भिडियो सार्वजनिक भएको हो ।
भिडियोलाई सिनेमा टिभी मार्फत सार्वजनिक गरिएको छ । विकास चौधरीको सङ्गीत, सबिना केसीको शब्द रहेको गीतमा बिनोद भुजेलको एरेञ्ज रहेको छ ।
कुमार आचार्यले निर्देशन गरेको गीतको भिडियोमा केवल भुजेल, प्रतिक्षा खड्का, चण्डेश्वरी कपाली र आयुष्मा खड्काको अभिनय रहेको छ ।
रामेश्वर हुमागाईंको छायाँकन, हरिष खनालको कोरियोग्राफी रहेको गीतको भिडियोमा साहिल खानको सम्पादन र मनिष गौतमको कलर रहेको छ ।






