आफ्नै ब्रान्डको ग्यास सिलिन्डर निकाल्दै आयल निगम

काठमाडौं,
भाद्र २ ।

नेपाल आयल निमगले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ । निगमले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत विभिन्न तीन स्थनमा ग्यासको भण्डारगृह निर्माण गरी ग्यास सिलिन्डर उत्पादन गर्ने तयारी गरेको हो ।

यसका लागि निगमले कार्यक्रमसमेत स्वीकृत गरिसकेको छ । चालु आर्थिक वर्षमा प्रदेश १ मा झापाको चारआली, प्रदेश २ मा जनकपुरको महेन्द्रनगर र प्रदेश ३ मा मकवानपुरको हेटौंडामा भण्डारगृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । निगमले ‘एनओसी’ ब्रान्डमा सिलिन्डर उत्पादन गर्न लागेको हो ।

यसमा तपाइको मत

अन्य समाचार