परदेशी चेलीको बेदना सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन ३० ।

निलिमा पुनको स्वर रहेको तीज गीत ‘परदेशी चेलीको बेदना…’ सार्वजनिक भएको छ । पुनकै शब्द र सङ्गीत,  नारायण दंगालको सङ्गीत संयोजन र सुकमाया बुढाथोकी/बिमा पुनको समूह स्वर रहेको गीतको भिडियो जनगायक जीवन शर्माको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

बैदेशिक रोजगारका नाममा बिदेशिन बाध्य भएर नेपाली चेलीहरुले भोग्नु पर्ने यातनाको वास्तविकतालाई गीतको अडियो तथा भिडियोमा प्रस्तुत गरिएको छ । तुलसी बास्कोटाको सम्पादन रहेको भिडियोमा देश तथा बिदेशका विभिन्न स्थानहरु समेटिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार