केराका अनेक फाइदा

आयुर्वेदका अनुसार केरा स्वास्थ्यका लागि निकै उपयोगी मानिएको छ । केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ । केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ । केरामा भिटामिन ‘ए’ ‘बी’ र ‘डी’ समेत पाइन्छ । केराले युरिनरी क्याल्सियममा आउने कमीलाई पूरा गर्छ । झाडापखालामा, मुटुको ढुकढुकी बढेमा केरा सेवनले निको हुन्छ । केराले अल्सर हुनबाट बचाउँछ, हाड बलियो बनाउँछ र पेटको अम्लीयपन नष्ट गर्छ ।

दूधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जियत हटाउन मद्दत गर्छ । केरामा पाइने पेक्टिनले पाचनक्रियालाई सामान्य पार्छ र ठूलो आन्द्रामा हुने क्यान्सरको खतरा नष्ट पार्छ । आमाशयमा खानेकुरा रहने समय समेत कम गर्छ ।

केराको गुदीमा बढी मात्रामा केरोटेनाइड्स पाइन्छ, जसले क्यान्सर, मुटु र मधुमेहबाट बचाउँछ । एक अध्ययनअनुसार दिनको एउटा शुद्ध केरा खानाले मृगौलाको क्यान्सरमा कमी आउँछ । शरीरमा आवश्यक पोटासियमको कमीको परिपूर्ति गर्छ । पिसाब बढी भइरहने समस्या ठीक हुँदै जान्छ ।

डाक्टरका अनुसार दिनमा दुई कोसा केरा खानाले शरीरमा आवश्यक सबै प्रकारका भिटामिनहरूको खाँचो पूरा गर्छ । केरा चिसो प्रकृतिको हुनाले जाडोयाममा बेलुकीपख खान हुँदैन । ज्वरो, रmघा, खोकी र टन्सिल भएको बेला पनि यसको प्रयोगले नकारात्मक असर पार्न सक्छ ।

१०० ग्राम केरामा पाइने पोषक तत्व
प्रोटिन               – १ दशमलव २ ग्राम
खनिज              – ० दशमलव ८ ग्राम
कार्बोहाइडे«ड     – २७ दशमलव २ ग्राम
फसफोरस         – ३६ मि. ग्रा.
भिटामिन ‘ए’     – १३० मि. ग्रा.
भिटामिन ‘सी’   – ७ मि. ग्रा.
चिल्लो पदार्थ    – ० दशमलव ३ ग्राम
रेसा                 – ० दशमलव ४ ग्राम
क्याल्सियम     – १८ मि. ग्रा.
फलाम             – ० दशमलव ९ मि. ग्रा.
भिटामिन ‘बि’   – ० दशमलव ०५ मि. ग्रा.
क्यालोरी          – ११६ मि. ग्रा.

यसमा तपाइको मत

अन्य समाचार