काठमाडौं,
साउन २९ ।
पाकिस्तानको स्वतन्त्रता दिवस मनाईंएको छ । काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको हो ।
पाकिस्तानी दूतावासमा भएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डाक्टर मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए ।
कार्यक्रममा पाकिस्तानका राष्ट्रपति डा. अरिफ आलभी र प्रधानमन्त्री इमरान खानको सन्देश पढेर सुनाइएको थियो ।
सन्देशमा प्रधानमन्त्री खानले जम्मु-कश्मिर समस्या राजनीतिक र कुटनीतिक आधारमा सामाधान हुनु पर्ने धारणा राखेका छन् ।
कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत जावेदले जम्मु कश्मीरमा दिगो शान्तिको कामना गर्दै आपसी सद्भावको खाँचो औंल्याए ।
राजदूत जावेदले १९६० मा स्थापित भएको नेपाल-पाकिस्तानको कुटनीतिक सम्बन्ध सुमधुर रहेको बताए । कार्यक्रममा नेपालमा रहेका पाकिस्तानी जनताको सहभागिता रहेको थियो ।






