‘बुद्ध फर्काइ देउ’ सार्बजनिक (भिडियोसहित)

काठमाडौं,
साउन २७ ।

सङ्गीतकार तथा गायक चेतन सापकोटाको स्वदेश गान ‘बुद्ध फर्काइ देउ’ सार्बजनिक गरिएको छ । देश प्रेमले ओत प्रोत गीतमा शब्द पनि गायक स्वयम् सापकोटाको नै रहेको छ । २०६५ सालमा रेकर्ड गरेको गीत हालै मात्र यु ट्युबमा सार्बजनिक गरिएको हो ।

गंगाराम सापकोटाले छायाँकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् बिनोद गुरुङले सङ्गीत संयोजन गरेको गीतको भिडियो बी स्टार नेपाल नामक यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । भिडियो चेतन सापकोटाको निर्देशनमा बनेको हो ।

यसमा तपाइको मत

अन्य समाचार