सुन्दरादेवी सन्देश म्युजिक अवार्डको पाँचौ संस्करण थाईल्याण्डमा सम्पन्न

काठमाडौं,
साउन २३ ।

सुन्दरादेवी सन्देश म्युजिक अवार्डको पाँचौ संस्करण थाईल्याण्डमा सम्पन्न भएको छ । ‘आफ्नै पन, आफ्नै शान, स्रष्टा सर्जकलाई सम्मान, नेपाली सङ्गीतको बिकासमा बेग्लै हाम्रो अभियान’ भन्ने मूल नाराको थाईल्याण्डको पतयामा सम्पन्न भएको हो ।

सङ्गीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तानको बिशेष आथित्यता र सुन्दरदेवी सन्देशका अध्यक्ष किरणप्रसाद अधिकारीको अध्यक्षतामा अवार्र्ड समारोहमा सम्पन्न भएको थियो । समारोहमा साङ्गीतिक जोडी मोक्तानलाई नगद रु ११ हजार १ सय ११ सहित लाइफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । कार्यक्रम निर्देशक शान्तिप्रियले कार्यक्रम माथि प्रकाश पारेका थिए ।

कार्यक्रम संयोजक गीता अधिकारीका अनुसार उक्त कार्यक्रममा भाग लिन ७२ जना कलाकार, पत्रकार अनि अथितिहरुको टोलि थाईल्याण्ड पुगेका थिए । कार्यक्रममा राजेन्द्र पुरी, धनकुमारी थापा सरुलाई सङ्गीतकर्मी सम्मान, हरि कर्माचार्यलाई सामाजिक सम्मान प्रदान गरिएको थियो ।

अवार्ड बिजेता र सम्मानित व्यक्तित्वहरुलाई नेपालमा केही दिन पछि एक कार्यक्रमको आयोजना गरी अवार्ड र सम्मान हस्तान्तरन गरिने आयोजकले जनाएको छ । साथै उक्त कार्यक्रममा लोक सञ्चारकर्मी सम्मान र रङ्ग पत्रकारिता सम्मान क्रमश राजु बोहोरा तथा राधिका अधिकारीलाई प्रदान गर्ने घोषणा गरिएको छ । त्यसैगरी मिलाप मासिकका सम्पादक कृष्ण भुषाललाई पत्रकारिता सम्मान अनि साकुरा नेपाल कन्सल्ट्यान्सीको प्रबन्ध निर्देशक अनुजकुमार श्रेष्ठलाई सामाजिक सेवा सम्मान प्रदान गरिने घोषणा गरिएको छ । नेपालमा सम्पन्न हुने कार्यक्रममा उनिहरुलाई सो सम्मान हस्तान्तरन गरिने अध्यक्ष किरण अधिकारीले जानकारी गराए ।

अवार्ड बिजेताहरु यसप्रकार छन् :-

राष्ट्रिय भावको गीत
सुन्दर पन्त : मेरो देशको माटो

तामाङ सेलो  
गायक : योगेश लामा – आमैले हो आमैले
गायिका : रेशमा बम्जन -आमैले हो आमैले

म्याहेंदोमाया 
गायक : बिस्वपासा तामाङ – ताले ताले
गायिका : मनमाया वाईबा – बोम्तांग नामसारी
मोडल पुरुष : एरिन तामाङ – हाओइ जोरी
मोडल महिला : एन्जिला वाइवा – म्याहोंदोमाया ब्याटल
शब्द : सिंहबहादुर तामाङ – गते ज्याबा

आधुनिक 
गायक : योगेशकाजी – थाहा छ मलाई
गायिका : सारिका घिमिरे – दिल टुट्यो
गीतकार : दुर्गा खनाल घिमिरे – पशुपतिमा सुनैको गजुर
सङ्गीतकार :  सन्तोष श्रेष्ठ – स्वार्थि छ दुनिया
मोडल पुरुष : दृश्य सुबेदी -मान्छे गर्ने मान्छेको
मोडल महिला : शिल्पा खड्का -सान्नानी
निर्देशक : राजिब बलामी- मनको मिलन
छायाँकार : नवराज उप्रेती – हाम्रो माया जिन्दाबाद
सम्पादक : राजेश कुमार – हावाको झोक
जुरी अवार्ड : ज्योतिप्रकास बिक-बिन्ति छ मलाई
जुरी अवार्ड : डा. डी.आर उपाध्याय-स्वार्थि छ दुनिया
क्रिटिक्स अवार्ड : रेखा पौडेल- न दिलमा बास दियौ
पब्लिक च्वाईस अवार्ड : अमन श्रेष्ठ-आखाको रंग
क्रिटिक्स अवार्ड : अमृता भट्ट – हिजो सम्म
पब्लिक च्वाईस :जनक सिंह-आगो लगायौ

पप 
गायक : शसिशेखर बुढाथोकी-झिल्के
गायिका : भाबना आचार्य – मुलको पानि
मोडल पुरुष : दुर्गेश थापा- बहुला २
मोडल महिला : अस्मिता पुरी-मुलको पानी
निर्देशक : बिक्रम चौहान-चालु रै छ यार
पब्लिक च्वाईस : प्रमिला पुन – नजरैमा
जुरी अवार्ड : लक्ष्मी प्रधान पुरी- सिठी बजाउछ्न
क्रिटिक्स अवार्ड : बबिता श्रेष्ठ

लोकदोहोरी
गायक : प्रकाश कटुवाल-छेकेन जामाले
गायिका : शुशिला गौतम-पाहुना
शब्द : शिव हमाल-लालु मै
लय : कस्तुप पन्त-सरर बतासै चलाउनी
नवगायक : धुर्ब जिसी-भेट हुदा ठिक्क
नवगायिका : संजु न्यौपाने-लाहुर
मोडल पुरुष अभिनय : सुमन खतिवडा-मुनामदन
मोडल पुरुष नृत्य : जेम्स बिसी-जारको पनि
मोडल महिला अभिनय : सारिका केसी-बलिदान
मोडल महिला नृत्य : दिपासा बिसी – उम्लेको बैस
नव मोडल महिला : दुर्गा भट्ट-धान कुटेर चामल
नव मोडल पुरुष : प्रकाश अर्याल-बग्यो त्रिशुली
निर्देशक : बबिता श्रेष्ठ-हजारको नोटले
निर्देशक नृत्य : काजिस श्रेष्ठ-मान्छे फकाएर आफ्नो हुदैन
छायांकार : दुर्गा पौडेल- गाउँमा हल चल्यो
सम्पादन : नबिनघर्ति मगर-पान खायो मायाले
एरेन्जर : जुजु गुरुङ-भेट्ने दिन
दोहोरी नवप्रतिभा : सितल ठकुरी-राजा भाको छु
शब्द लय नव प्रतिभा : ईन्द्र दाहाल-घाईते मुटु
शर्मिला श्रेष्ठ : पुजानगर मलाई – पब्लिक च्वाईस अवार्ड
रमेश परियार : बैशाखी – क्रिटिक्स अवार्ड
जुरी अवार्ड : दुर्गा बिरही – के छ कोशेली
क्रिटिक्स : बिश्वाश पराजुली – बग्यो त्रिशुली
जुरी अवार्ड : कपिल लामा – बलिदान
क्रिटिक्स अवार्ड : छिरिङ्ग दोर्जे लामा – मकवानपुरे थिठो
क्रिटिक्स अवार्ड : रोहित बिसी – राजा भाको छु

यसमा तपाइको मत

अन्य समाचार