काठमाडौं,
साउन २२ ।
‘कार्टुन्ज क्रु’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । स्मीता दाहालको नयाँ गीतमा ‘कार्टुन्ज क्रु’का सरोज र आश्मा देखिएका हुन् ।
‘मायालु तिमी कता छौ…’ बोलको गीतमा स्मीतासँगै राजनराज शिवाकोटीको स्वर छ । दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै सङ्गीत छ भने उदयराज पौडेलको सङ्गीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सिङ गरेका हुन् ।
भिडियो संजय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रतिको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका छन् ।






