काठमाडौं,
साउन १८ ।
शुक्रबार माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री, गोकुल बास्कोटाको कार्यकक्ष सूचना तथा सञ्चार मन्त्रालयमा चलचित्र कलाकार संघको कार्यसमितिले विशेष भेटघाट गरेका छ्न ।
मन्त्रालयमा भएको संघको भेटघाट कार्यक्रममा चलचित्रकर्मीका हकहितका लागि संघको जग्गा र कलाकार संघको भवन निर्माणका लागि सञ्चार मन्त्रालय र नेपाल सरकारले गर्नुपर्ने साथ सहयोगका लागि सदा तत्पर रहने वचन वद्धता गरिएको छ ।
हालै संघका नव निर्वाचित सम्पूर्ण पदाधिकारी सदस्य र सहयोगीहरुलाइ मन्त्रालयले स्वागत, बधाई तथा शुभकामना प्रदान गरिएकोमा कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष रेजिना उप्रेती, उपाध्यक्ष सानुकुमार ताम्राकार, मोहन निरौला, महासचिव चेत बहादुर सिहं (राजा), सचिव पनाह अधिकारी, कोषाध्यक्ष सुनिल कटुवाल, सहकोषाध्यक्ष पबित्र आचार्य, सदस्य गीता नेपाल, धम्रेन्द्र आचार्य, पवन खतिवडा, गोपाल ढकाल ‘छन्दे’, उद्दब भट्टराई, जीवन थापा, बरिष्ठ कलाकार उत्तम केशी, बरिष्ठ सञ्चारकर्मी दिनेश डिसी र कलाकार राजु शाहीले धन्यवाद तथा आभार प्रकट गरेका छन् ।






