‘प्रेमको फूल’ लिएर आए राजेश (भिडियोसहित)

काठमाडौं,
साउन १६ ।

एक पछि अर्को गीत बजारमा लिएर आईरहेका गीतकार राजेश अर्यालले दर्शकहरुको लागि फेरी अर्को गीत ‘प्रेमको फूल’ लिएर आएका छन् । गायक शिव परियारको स्वरमा सजिएको गीतमा भूपू पाण्डेको सङ्गीत रहेको छ । गीतमा यसपटक राजेश अर्यालले निकै मन छुने मार्मिक शब्दको प्रयोग गरेका छन् ।

गीतको आफ्नै किसिमको मूल्याङ्कन भईरहँदा म्युजिक भिडियो उस्तै अब्बल बनेको छ । वर्षा राउत र आकाश श्रेष्ठले अभिनय गरेको भिडियोमा शान थापाको निर्देशन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार