बाघ संरक्षणमा जोड दिदै विश्व बाघ दिवस मनाइँदै

काठमाडौं,
साउन १३ ।

बाघ संरक्षणमा जोड दिदै विभिन्न कार्यक्रम गरी आज विश्व बाघ दिवस मनाइँदै छ। दिवसको अवसरमा नेपालमा ‘पर्या पर्यटनका लागि बाघ संरक्षण’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरिदैछ ।

सन् २०१० मा नेदरल्यान्ड्सको सेन्ट पिटर्सवर्गमा भएको टाइगर समिटले सन् २०२० सम्ममा दुर्लभ पाटे बाघको संख्या दोब्बर बनाउने घोषण गर्यो। त्यही बेलादेखि जुलाई २९ लाई बाघ दिवस मनाउन थालिएको हो ।

नेपालले बाघको संख्या बढाउनमा सफलता पाउँदै गएको निकुन्जहरुको भनाई छ । नेपालले प्रतिवद्धता अनुसार बाघको संख्या सन २०२२ सम्ममा २ सय ५० पुर्यानुपर्नेछ । जुन संख्यामा पुग्न अब १५ वटा बढाउनेपुर्ने चुनौती छ । पछिल्लो आँकडाअनुसार नेपालमा बाघको संख्या २३५ वटा छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । एसियाका १३ देशमा पाइने पाटेबाघ बिरालो प्रजातिको सबैभन्दा ठूलो वन्यजन्तु हो । पटेबाघ सबैभन्दा बढी भारतमा रहेको छ । एसियाभर करिब चार हजार संख्यामा पाटेबाघ छ ।

बाघ घना जंगलमा बस्ने रमाउँछ तर जंगल विनास हुदै जाँदा बाघ संरक्षण सबैभन्दा ठूलो चुनौती बनेको संरक्षणविद्हरूको भनाइ छ ।

यसमा तपाइको मत

अन्य समाचार