काठमाडौं,
साउन ५ ।
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको हो । यो अवार्डको गत मंसिर ३ गते पहिलो सस्करण सम्पन्न भएको थियो । दोस्रो संस्करण का लागि अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन २५ गतेसम्म रहेको छ ।
२०७५ बैशाखदेखी चैतसम्म बजारमा आएका गीतहरुले अवार्डमा सहभागी हुन पाउने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुनेछ ।
अवार्ड ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको छ । यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।






