मुम्बईमा गीत रेकर्ड गर्दै सेलिना

काठमाडौं,
साउन ५ ।

गायिका सेलिना कुँवर देश, विदेशको साङ्गीतिक कार्यक्रममा व्यस्त छिन् । उनी चलचित्र ‘नेप्टे’को ‘दिल रानी…’ बोलको गीतले लोकप्रियता हासिल गरेसँगै देश, विदेशको साङ्गीतिक कार्यक्रममा व्यस्त भएकी हुन् । उनै गायिका सेलिना यतिवेला मुम्बई स्थित साना रेकर्डिङ स्टुडियो र लता मंगेशकर स्टुडियोमा गीत रेकर्डिङमा ब्यस्त छिन ।

रमेश कोईरालाको शब्द रचना, सन्तोष राजको सङ्गीतमा बलिउडका हस्तिहरु उदित नारायण झा र कुमार सानुसँग सेलिना कुँवरले छुट्टा छुट्टै दुई वटा गीत रेकर्डिङ गरिसकेकी छिन् भने केही बलिउड गायकसँग रेकर्डिङ बाँकी रहेको गायिका सेलिनाले जानकारी गराएकी छिन् । उनको दुईवटा गीत भने एस.राज. प्रोडक्सनस प्रा.ली.कोे ब्यवस्थापनमा तयार हुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार