काठमाडौं,
साउन ५ ।
गायक रुद्रसेन बिश्वकर्मा र चर्चित गायिका ज्योति मगरको सुमधुर आवाजमा रहेको मैथिली गीत ‘कानोमे आँहाके झुम्का…’ सार्बजनिक भएको छ । दर्जनौ लोकप्रिय नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक रुद्रसेन बिस्वकर्मा र नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका ज्योति मगरको स्वरमा रहेको दिवानी एल्बम बाट मैथिली गीत ‘कानोमे आँहाके झुम्का…’ आरजे म्युजिक प्रोडक्सन य़ुट्युब च्यानल मार्फत नेपाली साङ्गीतिक बजारमा आएको हो ।
शब्द तथा सङ्गीत गायक रुद्रसेन बिश्वकर्माको नै रहेको यस गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका छन् । दीपक गिरीले छायाँकन गरेको भिडियोलाई प्रदीप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।
गीतको भिडियोमा गायक तथा मोडल रुद्रसेन बिश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ । सार्बजनिक भिडियोलाई निर कुमारी बिश्वकर्माले निर्माण गरेकी हुन् ।






