काठमाडौं,
साउन ५ ।
चलचित्र ‘सोच’को टिजर सार्वजनीक गरिएको छ । पूजन सिंह (प्रभाकर प्रकाश)ले निर्देशन गरेको चलचित्रको टिजरमा प्रज्वल गिरी, नीता ढुंगाना, पूजन सिंहका साथै किरण थापालाई प्रस्तुत गरिएको छ ।
भदौ २० गते प्रदर्शन हुने चलचित्रमा प्रज्वल, नीता र निर्देशक पूजन स्वयम् मुख्य भूमिकामा छन् । गंगा रजक र एसडी निर्माता रहेको चलचित्रमा एनवी महर्जनको द्वन्द्व र रामजी लामीछाने र पूजन सिंहको कोरियोग्राफी छ ।
बिदुर पाण्डेले छायाँकन रहेको चलचित्रको कथा निर्देशक पुजनकै हो भने पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् । चलचित्रले भरपुर मनोरञ्जनका साथै सन्देश पनि दिने निर्देशक पुजन बताउछन् । चलचित्रलाई देशभर आरआर फिल्मस्ले बितरण गर्दैछ ।






