नेपाल टुर पुर्वाञ्चल फेसन शो ईटहरीमा सम्पन्न

ईटहरी,
असार ३० ।

‘नेपाल टुर : पुर्वान्चल फेसन शो’ को फाईनल शो सम्पन्न भएको छ । ईटहरी र ईटहरी आसपासमा छरिएर रहेका युवायुवती भित्र रहेको र्याम्प कलालाई उजागर गर्ने र फेसन शोमा अभिभावकको नराम्रो दृस्ठिकोणलाई हटाउने उद्देश्य सहित ईटहरीमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । शोको लागी गएको १० दिनदेखी ३० जना नयाँ तथा पुराना फेसन मोडलहरुलाई प्रशिक्षण दिइएको थियो । जसले फाईनल शोमा एकसाथ र्याम्प नापेका थिए ।

शोको बुटिक पार्टनर ईटहरीको डी डिजाईनर बुटिकका मनिषा पोख्रेलले डिजाईन गरेको ड्रेस सहित काठमाडौबाट तयार भएर आएको ड्रेसहरुमा मोडलले र्याम्प गरेका थिए । साझ ७ बजेबाट सुरु भएको शो राती ११ बजे सम्पन्न भएको थियो । शोको स्थानिय आयोजक तथा मेकअप पार्टनरको रुपमा मार्टिना मेकअप स्टुडियो रहेको थियो भने सम्पुर्ण मोडलहरुलाई उर्बि श्रेष्ठलगायतका मेकअप आर्टिष्टहरुले मेकअप गरेका थिए ।

विभिन्न फेसन शो देखि ब्युटी कन्टेस्टहरु सफल आयोजना गरिरहेको युथ क्रियसनले पहिलो पटक ईटहरीबाट नेपाल टुरको आयोजना गरेको हो । ईटहरीमा आफुहरुले गरेको यो शो स्थानिय टिमको सक्रियतामा भब्य र सभ्य रुपमा सम्पन्न भएको क्रियसनका म्यानेजिङ डाईरेक्टर रबि लामा तामाङले जानकारी गराए । यस्तै गायक कमल खत्रीले पनि आफ्नो लोकप्रिय प्रस्तुति राख्ने कार्यक्रम थियो । तर, देशभर आएको झरी र बर्षाको कारण कमल ईटहरीसम्म आउन नसकेको पनि रवीले बताए ।

ईटहरीको शो सम्पन्न गरे लगत्तै अब चितवनमा कार्यक्रम आयोजनाको गृहकार्य पनि सुरु भएको क्रियसनका मोडल तथा आयोजक सुरेश थापा मगरले बताए । असार २७ गते शुक्रबार सम्पन्न शोको लागि ‘शो टपर’को रुपमा युथ क्रियशनकै आयोजनामा भइरहेको मिस हेरिटेज क्वीन नेपाल र मिस्टर एण्ड मिस बेस्ट मोडलका विनरको उपस्थिति रहेको थियो । उक्त शोको डिथ्री अनलाईन र डिथ्री फोटोग्राफी फोटोग्राफर तथा मिडिया पार्टनरको रुपमा रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार