काठमाडौं,
असार १९ ।
महिलाहरुको महान पर्व तीज आउन अझै दुई महिना बाँकी छ । तीज सम्बन्धि गीतहरु धमाधम छायाँकन भइरहेका छन् यतिवेला । यसै मेसोमा अरुको देखासिखी गर्नु हुँदैन भन्ने चेतनामुलक सन्देश समेटिएको तीज गीतको भिडियो निर्माण भएको छ ।
प्रकाश कंडेलको निर्देशन रहेको भिडियोमा राजेन्द्र बजगाइँ र पार्वती तिमल्सिनाको स्वर रहेको छ । तीज गीत ‘हे बुढा…’ को छायांकन फर्पिङ आसपासमा सम्पन्न भएको हो ।
गीतमा संगीता घिमिरेको शब्द तथा राजेन्द्र बजगाइँको लय सिर्जना रहेको छ । गीतको भिडियोमा श्यामकुमार मिश्रा, सुशिला निरौला, प्रकाश कंडेल, पार्वती तिमल्सिनालगायतको अभिनय रहेको छ । भिडियोमा रक कौसिलको छायाँकन रहेको छ ।






