धौलागिरी स्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम सम्पन्न

काठमाडौं,
असार १५ ।

धौलागिरी स्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथीको रुपमा र बिशेष अतिथीको रुपमा शम्भुजित बास्कोटाको उपस्थितीमा शनिबार ‘धौलागिरी स्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम’ सम्पन्न भएको हो ।

धौलागिरी संस्कृतीक समितिको आयोजना रहेको कार्यक्रम अध्यक्ष कृष्ण समिप सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सचिव सुजन बराईलीलगायत अन्यले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा धौलागिरी साधना सम्मानको रुपमा बरिष्ठ गायकहरु जीवन शर्मा, खड्ग गर्बुजा, बिमलराज क्षेत्रीलाई सम्मान गरिएको थियो भने धौलागीरी युवा सम्मानको रुपमा कुलेन्द्र बिश्वकर्मा, बसन्त थापा, नवराज पन्त सम्मानीत भएका थिए ।

उक्त कार्यक्रममा विभिन्न कलाकार र पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो । धौलागिरी स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली अभिब्यक्ती रहेका थिए । धौलागिरी अञ्चलका सम्पुर्ण कलाकारहरुलाई एकिकृत गर्ने उद्देश्यले यस समितिको आयोजना गरिएको समितीका अध्यक्ष कृष्ण समिप सुबेदीले बताए ।

यसमा तपाइको मत

अन्य समाचार