कपिलवस्तु,
असार ११५ ।
भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा आइतबार बिहान आगलागी भएको छ । सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आगलागी भएको हो ।
आगलागीका कारण झण्डै १० लाख रुपैयाँ बराबरीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दीप शमशेर जबराले जानकारी दिए ।
बिहान पौने ८ बजेदेखि सुरु भएको आगलागी प्रहरी, कपिलबस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको हो ।
आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचर पुर्णरुपमा जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।






