काठमाडौं,
असार १४ ।
वसन्त राई र मेलिना राईको स्वरमा रहेको गीत ‘बयर घारीमा…’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द÷सङ्गीत र नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
रोजल थापाले निर्देशन गरेको गीतको भिडियोमा वर्षा राउत र निराजन प्रधानलाई फिचरिङ गरिएको छ । उत्सव दाहालले छायाँकन गरेको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ ।






