प्राज्ञ प्रा. डा. पौडेलद्वारा शिखरको ढुंगा उपन्यासका लागि सरल सहयात्रीलाई फेडोल उत्कृष्ट सृजना पुरस्कार प्रदान

काठमाडौं,
असार १४ ।

फेमकुमारी डोलराज साहित्य प्रतिष्ठानद्वारा राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले शिखरको ढुंगा उपन्यासका लागि कवि एवम् उपन्यासकार सरल सहयात्रीलाई फेडोल उत्कृष्ट सृजना पुरस्कार प्रदान गर्नुभयो ।

साहित्यकार राममणि ढुंगेलद्वारा आफ्ना मातापिताका नाममा स्थापित उक्त पुरस्कार प्रतिष्ठानले प्रतिवर्ष एकजना साहित्यकारका उत्कृष्ट कृतिलाई प्रदान गर्दै आएको छ । उक्त पुरस्कारको राशी रु दश हज़ार र सम्मान पत्र रहेको छ ।

साहित्यकार राममणि ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त पुरस्कार अर्पण कार्यक्रममा प्रमुख अतिथि पौडेलले सरल सहयात्रीको शिखरको ढुंगा उपन्यास पर्यटन साहित्य भएर पनि यसले विषय वस्तुका विविध आयामलाई समेटेको र एउटा वैचारिक कृति भएको बताउनु भयो ।

कार्यक्रममा डा. बालाकृष्ण अधिकारी, साहित्यकार रामप्रसाद पन्त, पुरस्कृत व्यक्तित्व सरल सहयात्री र सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले मन्तव्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार