काभ्रे,
असार ५ ।
तङ्ग-इल मो-दो संघ काभ्रे जिल्ला समिति गठन भएको छ । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ काभे्र जिल्ला शाखाको कार्यसमिति पूर्नगठन गरिएको हो ।
बुधबार काभ्रेको बनेपामा भएको भेलाले तङ्ग–इल मो–दो संघ नेपालका महासचिव बिष्णु गिरीको उपस्थतीमा भएको कार्यक्रमले शिबराम सिलबालको नेतृत्वमा ९ सदस्सीय कार्य समिति गठन गरेको हो ।
संघ काभ्रे शाखाको उपाध्यक्षमा शुसिल अधिकारी, सचिवमा सुमिन लामा कोषाध्यक्षमा सुनिल श्रेष्ठ सदस्यहरुमा मन्दीरा सुवाल, प्रमिला हुमागाई, मोहन लामा, उरगेन तामाङ रहेका छन् ।
तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको छ महासचिव बिष्णु गिरीले बताए । ‘अहिलेको राजनीतिक फोहरी भएको छ । यसलाई खेलले मात्रै स्वच्छ बनाउन सक्छ’, उनले भने ।
गिरीले तङ्ग ईल मोदो खेल विश्वप्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने बताए ।
तङ्ग–इल मो–दो संघ का कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षा दिन सकिने बताउँदै तङ्ग–इल मो–दो यसमा सफल हुँदै गएको बताए । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउन संघ लागेको उल्लेख गरे । सो अवसरमा तङ्ग–इल मो–दो संघका केन्द्रीय सचिब रबि पराजुली, केन्द्रीय सदस्य ढुण्डीराम खनाल र हिमबहादुर गुरुङलगायतको उपस्थति रहेको थियो ।






