सम्राट सिमेन्ट उद्योगको ढलान भत्किदा दाङमा तीन जना मजदुरको मृत्यु, तीन घाईते

दाङ,
जेठ ३२ ।

दाङको सम्राट सिमेन्ट उद्योगको ६ तला माथिको ढलान भत्किँदा तीन जना मजदुरको ज्यान गएको छ ।

दाङको लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणका क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारत झारखण्डका ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव रहेका छन् ।

उक्त दुर्घटनामा परि अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । जसमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ । दिपेनको फलोरेन्स अस्पताल लमहीमा उपचारपछि डिस्चार्ज गरिएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

अन्य समाचार