काठमाडौं,
जेठ ३१ ।
सङ्गीतकार शालिकराम घिमिरेको एकल सङ्गीत एवम् गायक शशिबिक्रम थापाको एकल स्वरमा रहेका दुइ भजन एल्वमको बिहीबार राजधानीमा कार्यक्रमकाबीच बिमोचन गरिएको छ ।
बरिष्ठ साहित्यकार एवम् गीतकार रत्न शम्सेर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका ख्यातिप्राप्त बिशेष व्यक्तित्वको उपस्थिति रहेको थियो ।
सार्वजनिक एल्वमका गीतलार्इ बरिष्ठ कलाकार एवम् साहित्यकार रत्न बेहोसिले समिक्षा गरेका थिए । कार्यक्रममा गायक एवम् सङ्गीतकारले लाइभ प्रस्तुति पनि दिएका थिए । कार्यक्रममा केही गीतको भिडियो प्रस्तुत गरिएको थियो ।
एल्वमका गीतमा जनार्दन न्यौपाने, शिवजीप्रसाद न्यौपाने, मनोहर गौतम, केशव पाठकलगायत सङ्गीतकार घिमिरे र गायक थापाको पनि शव्द रचना रहेको छ ।






