मस्कोमा सुषमाको एकल चित्रकला प्रदर्शनी

काठमाडौं,
जेठ २७

रुसको राजधानी मस्कोमा २०१९जुन ७ देखि भइरहेको नेपाल फेस्ट सांस्कृतिक मेलामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ एवम् कलाकार सुषमा राजभण्डारीको १६औं एकल चित्रकलाका प्रदर्शनी भइरहेको छ । रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरेले उक्त प्रदर्शनीको उद्घाटन गरेका थिए ।

प्रदर्शनीमा एन.आर.एन रुसका अध्यक्ष रामेश्वर गौतम, एन.आर.एनका महासचिब डा.बद्री के.सी, पूर्व अध्यक्ष दिनानाथ राजभण्डारी, वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ गन्यमान्य व्यक्तिहरु, विदेशीहरुलगायत नेपालबाट गएका विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा महामहिम राजदुत ऋषिराम घिमिरेज्यूले नेपालबाट आउनु भएकी कलाकार सुषमा राजभण्डारीको एकल चित्रकला प्रदर्शनीको उद्घाटन गर्न पाउदा धेरै खुशी लागेको र यस्ता कार्यक्रमले दुई देश विचको दौत्य सम्वन्धलाई अझ गहिरो हुने कुरा बताए ।

कलाकार सुषमा राजभण्डारीले नेपाली कलाकारहरु जुन सुकै देशमा गएर पनि आफ्नो देशको पहिचान राख्न सक्षम भएको र आपसी सवन्धलाई अझ मजबुत गर्न सकिने र साथै विदेशी कलाकारहरुको चित्रकला पनि अवलोकन गरेर नयाँ नयाँ कुराहरु सिक्न पाउने बताइन ।

यसमा तपाइको मत

अन्य समाचार