सगरमाथा आरोहणमा जीवन गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं,
जेठ १७ ।

सगरमाथा आरोहणमा जीवन गुमाउनेको सम्झनामा दीप प्रज्वलन गरिएको छ । तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथामा पहिलो पाइला राखेको ऐतिहासिक दिन मे २९ लाई नेपाल सरकारले एभरेष्ट डे सगरमाथा दिवसको रुपमा हरेक बर्ष मनाउदै आएको छ । यसै अवसरमा न्युयोर्कमा शेर्पा किदुग र युएस नेपाल क्लाइबर्स एसोसियसनका पदाधिकारीहरुले सगरमाथा आरोहण क्रममा जीवन गुमाउने आरोहीहरुको सम्झनामा किदुगको गुम्बामा जम्मा भएर बत्ति बालेका हुन् ।

धार्मिक व्यक्तिहरुको उपस्थितिमा मन्त्रपाठसँगै आरोहीहरुको सम्झनामा बत्ति बाल्ने कार्यक्रमको आयोजना शेर्पा किदुगले गरेका थिए भने बत्तिको सहयोग युएस नेपालले गरेको थियो ।

कार्यक्रममा किदुग र युएस नेपाल क्लाइबर्स एसोसियसनका पदाधिकारीहरुको साथै रिग्सुङ लोप्टाका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

एसोसियसनले एभरेष्ट डे को अवसरमा पारेर जुनको दुई तारिख डाइभर्सिटि प्लाजामा बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म भव्यताका साथ एभरेष्ट डे मनाउने भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार